Kathmandu Press

पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल

पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल
Hardik ivf

काठमाडौं, फागुन १६ : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम ल्याउन नीतिगत व्यवस्था हुनुपर्ने बताएकी छन् । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञ डा सुशील बरालको प्रस्तुतिपछि उनले तराईका डुम र राउटेलगायत समुदायलाई केन्द्रित गरी स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी हुन्। 
    
समिति सभापति दिलकुमारी रावलले कोरोना र डेङ्गुको महामारीका बेला समितिले दिएको सुझाव सरकारले कार्यन्वयन गरेकामा आभार प्रकट गर्दै भविष्यमा स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी तुल्याउन कानुनी एवं संरचनागत सुधारका लागि समितिले पहल गरिरहेको बताइन्।

डा बरालले मानव, जनावर र वातावरणीय स्वच्छताका लागि केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत अवधारणा तर्जूमा गर्न आवश्यक रहेको बताइन् । 

प्रकाशित मिति: १६:४२ बजे, मंगलबार, फागुन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्