Kathmandu Press

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं, फागुन १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अङ्कले ओरालो लागेर तीन सय ८१ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहको शेयरमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । 

Hardik ivf

कारोबार भएकामध्ये ८८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय १८ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ३९ लाख ४६ हजार २४ कित्ता शेयर रु एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ मूल्यमा खरिद बिक्री भएको छ । 

कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो । 

यस्तै, शिवम् सिमेन्ट रु छ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर रु छ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैंक रु तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी रु तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
 
नेप्सेका अनुसार आँधीखोला लघुवित्त, आर्दश लघुवित्त र खप्तड लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्स छ दशमलव १४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच दशमलव ७६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स तीन दशमलव ८५, राप्ती हाइड्रो तीन दशमलव ८४, सामलिङ पावर तीन दशमलव ७९, तारागाँउ रिजेन्सी होटल तीन दशमलव ७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले तीन दशमलव २९ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, फागुन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्