Kathmandu Press

सरकारले सुरु गर्‍यो एकीकृत वेभसाइट व्यवस्थापन प्रणाली 

सरकारले सुरु गर्‍यो एकीकृत वेभसाइट व्यवस्थापन प्रणाली 

काठमाडौं, फागुन १६ : सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । 

मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गरेकी हुन्। सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेवसाइटमा सुरु गरेको छ । 

Hardik ivf

नयाँ प्रणालीसंगै सरकारी निकायहरुले आ–आफ्ना कार्यालयसंग सम्बन्धीत सूचना तथा जानकारी निकायगत बेवसाइटमार्फत सरल एवं सहजरुपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ । कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुचका लागि नया प्रयोग प्रभावकारी हुने बताइन्। एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरुपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उनले बताइन्। 

विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरूका वेबसाइटहरूको अध्ययन तथा अनुसन्धान पश्चात नयाँ प्रणाली बनाइएको र यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरू सहितका हुने बताइएको छ । त्यस्तै वेब मनिटरिङ प्रणालीले सरकारी निकायहरुको वेवसाइट ह्याक वा बन्द हुनसक्ने जोखिमलाई न्युनिकरण गर्ने सूचना प्रविधि विभागले जनाएको छ । 

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, फागुन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्