Kathmandu Press

नाबालिकालाई आर्थिक प्रलोभनमा यौन शोषण

ललितपुर महानगरपालिका–२२ वुङ्गमतीस्थित ‘कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी’ सञ्चालन गरी बस्दै आएका उनले नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाइ यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । 
नाबालिकालाई आर्थिक प्रलोभनमा यौन शोषण

काठमाडौं, फागुन १६ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको ४९ वर्षीय चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ ।

ललितपुर महानगरपालिका–२२ वुङ्गमतीस्थित ‘कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी’ सञ्चालन गरी बस्दै आएका उनले नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाइ यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । 

Hardik ivf

प्रहरी उपरीक्षक थापाका अनुसार यसरी काठमाडौँ ल्याएका बालिकालाई मिङले सुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौँमा खाने, बस्ने खर्चसमेत उनी आफैँले व्यहोर्ने गरेको पनि खुलेको छ ।
 
सबै गतिविधिमा संलग्न गराएर नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक थापाले बताए । “अहिलेसम्म छ नाबालिकामध्ये दुई जनालाई यौन शोषण गरेको खुलेको छ”, उनले भने, “अन्यलाई होटलमा लगेर ललाइफकाइ गरी राखिएको पाइएको छ ।” 

उनका अनुसार मिङको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन् । झापा, कास्कीलगायत जिल्लाबाट आएका छ बालिकाको उद्धार गरिएको पनि उनले बताए । सिआइबीले मिङमाथि थप कारबाहीका लागि ललिपुर प्रहरीमा बुझाएको छ ।

उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अहिले नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

प्रकाशित मिति: ०७:४३ बजे, मंगलबार, फागुन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्