सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित
सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो।
काठमाडाैं, फागुन १५ : प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेकी रहमानको फागुन १३ गते ६३ वर्षको शनिबार हृदयाघातबाट निधन भएको थियो।
उनले वञ्चितीकरणमा परेका समुदायको सशक्तीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन्। दिवंगत सांसद रहमानको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारण गरिएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बस्नेछ।
प्रकाशित मिति: १४:३७ बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










