मतदानका क्रममा मृत्यु भएका दुईजनाको परिवारलाई १०-१० लाख क्षतिपूर्ति
पुस २१ मा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार उनीहरुलाई क्षतिपूर्ति दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
काठमाडौं, फागुन १५ : गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा मतदानका क्रममा मृत्यु भएका बाजुराका दुईजनाको परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ।
पुस २१ मा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार उनीहरुलाई क्षतिपूर्ति दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
मतदानस्थलमा भएको झडपमा परी मृत्यु भएका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई १०–१० लाख रुपैयाँ आर्थिक सहायता दिइएको हो।
प्रकाशित मिति: १४:११ बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










