Kathmandu Press

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

२०६३ सालमा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको उक्त भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन्।
मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

काठमाडौं, फागुन १५ : काठमाडौंको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेजको भवन आज उद्घाटन गरिएको छ।

२०६३ सालमा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको उक्त भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन्। भारत सरकारको अनुदानमा निर्मित तीन तलाको कलेज भवनमा ३० कोठा रहेका छन् ।  

Hardik ivf

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीच सदियौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस्तो सहयोग दुई देशबीचको आपसी सम्बन्ध र समझदारीको प्रतिविम्ब भएको बताए। उनले नेपालका स्थानीय समुदायको सहयोगका लागि भारतका धेरै विकास परियोजना रहेको बताउँदै थप सहयोग निरन्तरताको अपेक्षा गरे।

यसैगरी भारतीय राजदूत श्रीवास्तवले नेपालको शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा भारत सरकारकोतर्फबाट सहयोगका धेरै परियोजना रहेको जानकारी गराउँदै जनस्तरको सहयोग आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।

उनले बर्सेनि उच्च शिक्षाका लागि भारत अध्ययनमा जाने नेपाली विद्यार्थीलाई भारत सरकारले छात्रवृत्ति प्रदान गर्दै आएकोसमेत जानकारी गराए।

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारी, जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकी र मदन भण्डारी कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेलले भवन निर्माणमा भारतले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्