वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको होली पर्व सुरु
आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो ।
काठमाडौं, फागुन १५ : काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।
आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।
रङ्गको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो २२ गते सोमवार पहाडी जिल्लामा र २३ गते मङ्गलवार तराईका जिल्लामा होली मनाइँदै छ ।
प्रकाशित मिति: ०७:४६ बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

