सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं, फागुन १४ : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा निधन भएको थियो ।
दिवङ्गत सांसद रहमानको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १५ गते दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ।
प्रकाशित मिति: १४:१८ बजे, आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

