Kathmandu Press

जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

रोल्पामा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनछहरी गाउँपालिका–७, जेलबाङ बस्ने ४० वर्षीय धनीमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

काठमाडौं, फागुन १४ : जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रोल्पा र झापामा दुईजनालाई पक्राउ गरेको छ ।

रोल्पामा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनछहरी गाउँपालिका–७, जेलबाङ बस्ने ४० वर्षीय धनीमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

Hardik ivf

रोकाले ती महिलालाई गत माघ २८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेल्वाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, झापामा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गौरादह नगरपालिका–५ बस्ने ३६ वर्षीय चन्द्रबहादुर चेम्जोङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

चेम्जोङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी पक्राउ गरेको हो ।

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्