Kathmandu Press

झाकोटे कल्याण समाजमा कमलप्रसाद झाकोटेको अध्यक्षतामा नयाँ नेतृत्व

झाकोटेहरूका बीचमा पारिवारिक एकता कायम गर्ने, देशभरि छरिएर रहेका झाकोटेहरूको तथ्यांक संकलन गरी वंशावली निर्माण गर्ने, आपसी सरसहयोग आदानप्रदान गर्ने, कुलपितृको पूजाआजालाई एकरुपता दिने, संस्कार–संस्कृतिको संरक्षण गर्नेलगायत उद्देश्य राखेर २०७५ पुस १ गते समाजको स्थापना गरिएको नवनिर्वाचित सचिव हरिबहादुर झाकोटले बताए। 
झाकोटे कल्याण समाजमा कमलप्रसाद झाकोटेको अध्यक्षतामा नयाँ नेतृत्व

धरान, फागुन १३ : झाकोटे कल्याण समाजको पहिलो अधिवेशन तथा पाँचौं साधारणसभाले कलमप्रसाद झाकोटे मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सुनसरीको धरानस्थित भारतीय भूपू सैनिक भवनमा आज (शनिबार) सम्पन्न अधिवेशनले उपाध्यक्षमा चन्द्रकला झाकोटे, सचिवमा हरिबहादुर झाकोटे, सहसचिवमा मोहनकुमार झाकोटे, कोषाध्यक्षमा हेमु झाकोटेलाई चयन गरेको छ। 

jhakote 101677330817.jpg

Hardik ivf

त्यसैगरी सदस्यहरूमा खड्गबहादुर झाकोटे, प्रशान्त झाकोटे, अनिता झाकोटे, कविता झाकोटे, सानु झाकोटे र नरबहादुर झाकोटे चुनिएका छन्।

टंकबहादुर झाकोटेको संयोजकत्वमा गुन्जमान झाकोट र श्यामबहादुर झाकोट सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो। यसअघि गुञ्जमान झाकोटे मगरको अध्यक्षतामा कार्यसमिति क्रियाशील थियो।

jhakote 81677330818.jpg

वंशका ज्येष्ठ सदस्य श्यामबहादुर झाकोटेले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा निवर्तमान अध्यक्ष गुन्जमान मगरले संस्थाको प्रगति विवरण पेस गरेका थिए। कार्यक्रममा धनकुटा, सुनसरी, मोरङ, झापा, इलामलगायत जिल्लाबाट २०० भन्दा बढी झाकोटेहरूको उपस्थिति रहेको नवनिर्वाचित सचिव हरिबहादुर झाकोटले जानकारी दिए।  

jhakote 41677330820.jpg

उनका अनुसार हाल देशभरिमा झाकोटे मगरहरू सय घरधुरीको हाराहारीमा करिब ६ सयको संख्यामा रहेको र यकिन तथ्यांक प्राप्तिका लागि विवरण संकलन कार्य भइरहेको छ। झाकोटेहरूका बीचमा पारिवारिक एकता कायम गर्ने, देशभरि छरिएर रहेका झाकोटेहरूको तथ्यांक संकलन गरी वंशावली निर्माण गर्ने, आपसी सरसहयोग आदानप्रदान गर्ने, कुलपितृको पूजाआजालाई एकरुपता दिने, संस्कार-संस्कृतिको संरक्षण गर्नेलगायत उद्देश्य राखेर २०७५ पुस १ गते समाजको स्थापना गरिएको सचिव हरिबहादुर झाकोटले बताए। 

यसअघिको कार्यसमितिले संस्थाकाे स्थायित्वका लागि विभिन्न गतिविधिका साथै कोरोनापीडित, बाढीपीडित र विभिन्न रोगबाट समस्यामा परेकाहरूलाई आर्थिक तथा अन्य सहयोग गरेको उनले बताए। 

jhakote 71677330819.jpg

मगरहरूको एउटा थर झाकोटे भएको नवनिर्वाचित अध्यक्ष कलमप्रसाद झाकोटेले बताए। झाकोटे कल्याण समाज मगर संघमा आबद्ध संस्था नभए पनि मगर संघको उद्देश्य र लक्ष्य प्राप्तिलाई भने पक्षपोषण भने गर्ने अर्थात खिलाफमा कुनै गतिविधि नगर्ने उनले बताए।

झाकोटेहरुको पुर्ख्याैली थलो भनेको जाजरकोट रहेको र जाजरकोटबाट आएकाले ‘जाजरकोटे’ भनिँदै गर्दा अन्ततः झाकोटे थरका रुपमा रहन गएको उनले बताए। अहिले बसाइसराइ, अध्ययन, रोजगारीका सिलसिलामा झाकोटेहरू स्वदेश तथा विदेशका विभिन्न भूभाग छरिएकाे उनले जानकारी दिए।

jhakote 31677330820.jpg

आसामको दल्सिङपाडा र कछुगाउँमा पनि झाकोटेहरु रहेको पत्ता लागेको र सम्पर्क पनि भइसकेको उनले बताए। झन्डै दुई सय वर्षअघि सैनिकका रूपमा धनकुटा आएका एकजना बराजुले धनकुटाकै चेलीसँग घरजम गरेर लुम्फाजुङमा आएर बसेको र उनकै सन्तान झाकाेटेका रूपमा रहेकाे उनले बताए।

सुरूमा दुई भाइ छोरा जन्मिएको र त्यतिबेला उनीहरू जाजरकोटे बाजे भनेर चिनिएको तर त्यसपछिका सन्तानलाई झाकोटे भन्न थालिएको उनले बताए। जाजरकाेटे शब्द नै अन्ततः झाकाेटे बनेकाे र त्यही नै शब्द थरका रूपमा रूपान्तिरत भएकाे उनले बताए। तर यसको आधिकारिक पुष्टि हुन भने बाँकी रहेको र अध्ययन भइरहेकाे उनको भनाइ छ।

jhakote 111677330817.jpg

संस्थापक अध्यक्षसमेत रहेका गुञ्जमान मगरले झाकोटेहरूको आदिथलो धनकुटा भएकाले चार वर्षअघि धनकुटा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरिएको बताए। एक वर्ष तदर्थ समितिका रूपमा रहेको र दर्ता गर्दा त्यसलाई नै आधिकारिकता दिइएको र अहिले पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको उनले बताए।   

jhakote 61677330819.jpg

jhakote 51677330819.jpg

jhakote 91677330818.jpg

jhakote 81677330818.jpg

jhakote 141677330816.jpg

jhakote 121677330816.jpg

jhakote 131677330816.jpg

प्रकाशित मिति: १८:५५ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्