ढाेरपाटनमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ढाेरपाटन, फागुन १३ : बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध१त ५११ नंको ट्याक्टरले ठक्कर दिँदा आज साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो ।
बालकलाई ठक्कर दिने ट्याक्टर र चालक कसम पुनमगरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।
चामिद्वारमा बालुवा झारेर बुर्तिबाङ फर्किँदै गरेको ट्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक भने बारीमा मल फालेर घर फर्कँदै गरेको खड्काले बताए।
प्रकाशित मिति: १८:४९ बजे, शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










