Kathmandu Press

लमहीमा डायलासिस बन्द भएपछि बिरामीलाई सास्ती

लमहीमा डायलासिस बन्द भएपछि बिरामीलाई सास्ती

दाङ, फागुन १३ : घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गराउँदै आएका छ । उनी मानसिक तनावमा छन्।

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थितमा दुई वर्षदेखि डायलाइसिस गराउँदै आएका घिमिरे अस्पतालले सेवा बन्दको सूचना प्रकाशित गरेपछि थप चिन्तित बनेका छन्।

Hardik ivf

‘डायलासिस सेवा बन्द हुने खबरले चिन्तित बनाएको छ, अब कहाँ गएर उपचार गर्ने?’, उनले भने, ‘सरकारले हाम्रो उपचारको पहल गरिदिनु पर्छ।’
    
यस्तै महेन्द्रनगरबाट मिर्गौलाको डायलासिस गर्न दाङको लमही आएकी ४२ वर्षीया वसन्ता केसी उक्त सेवा बन्द हुने सुनेपछि चिन्तित छिन्। ‘अन्यत्र भन्दा यहाँ डायलाइसिस गर्न सहज थियो, अब उपचार गर्न समस्या हुने भयो,’ उनले भने।  

तीन वर्षदेखि लमहीमा डायलासिस गराइरहेकी प्युठान सरुमारानी गाउँपालिका–४ सिरुबारीका ३५ वर्षीय केशव थापा पनि सेवा बन्द हुने खबरले चिन्तित छन्।

उपचारबापतको रकम राज्यले हालसम्म उपलब्ध नगराउँदा सेवा बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालका प्रमुख एजाज आलमले बताए। यहाँ ५६ मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन्। अस्पतालले पाउनुपर्ने ६ करोड रुपैयाँ अझै नपाएको उनले बताए।

लमही सामुदायिक डायलासिस कन्द्रलाई सरकारले विपन्न नागरिकको उपचार गरेबापत उपलब्ध गराउँदै आएको रकम सात महिनादेखि भुक्तानी गरेको छैन।

डायलासिसका लागि अत्यावश्यक सामान खरिद गर्न र अस्पतालमा कार्यरत कर्मचारीको तलब भुक्तानी गर्नसमेत समस्या भएको छ । यही फागुन १५ गतेभित्र राज्यले प्रदान गर्ने रकम भुक्तानी नगरे निःशुल्क सेवा बन्द हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्