Kathmandu Press

भरतमोहन अधिकारीको चौथो स्मृतिमा निःशुल्क स्वास्थ्य जाँच

शनिबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले काठमाडौंको कलंकी स्थीत नेपाल नेशनल हस्पिटल प्राङ्गणमा निशुल्क स्वास्थ्य जाँच गरेको हो।
भरतमोहन अधिकारीको चौथो स्मृतिमा निःशुल्क स्वास्थ्य जाँच

काठमाडाैं, माघ १३ : पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको चौथो स्मृति सन्दर्भमा ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य जाँच गरिएको छ।

शनिबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले काठमाडौंको कलंकी स्थीत नेपाल नेशनल हस्पिटल प्राङ्गणमा निशुल्क स्वास्थ्य जाँच गरेको हो।

उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, हाड जोर्नी, इसिजी, आखा लगाएतका चेक जाँचका तथा निशुल्क रुपमा नै औषधी वितरण गरिएको थियो भने निशुल्क चश्मा वितरण गरिएको थियो।

त्यस्तै बृहत रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको स्वर्गीय नेता अधिकारीकी सुपुत्री लिमा अधिकारीले जानकारी दिए।

कार्यक्रममा भरतमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरिएको थियोे।

प्रकाशित मिति: १४:४५ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्