Kathmandu Press

लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न : वरिष्ठ उपाध्यक्ष ढकाल

कोभिड र रुस–युक्रेन युद्धलगायत समस्याले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब बिस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे।
लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न : वरिष्ठ उपाध्यक्ष ढकाल

पर्वत, माघ १३ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन्।

पर्वत उद्योग वाणिज्य संघको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भोटका लागि गैरजिम्मेवार रुपमा व्यवसायीले जथाभावी बोल्न नहुने बताए।

Hardik ivf

'हामीले हूललाई खुसी पार्न व्यावहारिक रुपमा सम्भव नहुने लोकप्रिय कुरा गर्न हुन्न', ढकाले ले भने । उपाध्यक्ष ढकालले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे।

कोभिड र रुस–युक्रेन युद्धलगायत समस्याले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब बिस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे।

'अर्थतन्त्र अप्ठ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ', उनले भन्नुभयो, 'बिस्तारै धेरै कुरामा सुधार देखिन सुरु भएको छ । हामी व्यवसायीको जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि किञ्चित् नहडबडाई निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निराश हुनु हुँदैन । नैराश्यताले हामी आफैंलाई नै समस्यामा पार्छ।'

आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटकपटक बैंकको ब्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायी साथीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताए।

प्रकाशित मिति: ०६:५९ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्