गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

चितवन, फागुन १२ : रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ : २० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
प्रकाशित मिति: २०:०८ बजे, शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










