Kathmandu Press

हात्ती आतंक नियन्त्रण गर्न माग

प्रतिनिधिसभाको आजको बेठकमा समय मागेर उनले एमगज हात्तीको आक्रमणबाट हालै मनहरि–४ निवासी ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको भन्दै हात्ती आतंक नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
हात्ती आतंक नियन्त्रण गर्न माग

काठमाडाैं, फागुन १२ : नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरी गाउँपालिकामा ‘एमगज’ नामक हात्तीको आतंक बढेको भन्दै हात्ती आतंक नियन्त्रण गरी पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बेठकमा समय मागेर उनले एमगज हात्तीको आक्रमणबाट हालै मनहरि–४ निवासी ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको भन्दै हात्ती आतंक नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

Hardik ivf

हात्तीले स्थानीय जनताको घर भत्काउने, बाली नष्ट गर्ने र विद्यार्थीलाई विद्यालय जान त्रास बढेको भन्दै सांसद बर्तौलाले हात्ती आतंक नियन्त्रण गर्न वन तथा निकुञ्ज विभागका कर्मचारीले चासो नदिएको गुनासो गरे।

नागरिक उन्मुिक्त पार्टीका सांसद अरुणकुमार चौधरीले मुलुकमा लागुऔषध दुर्व्यसन बढ्दै जाँदा देशको आर्थिक अवस्थामा समेत प्रतिकूल असर परिरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गरे।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकार गठन भएको दुई महिना बितिसक्दा पनि संवैधानिक परिषद्को गठनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्