Kathmandu Press

सशस्त्र प्रहरीद्वारा रेडक्रसलाई सम्मान

सशस्त्र प्रहरी बल रसुवा शाखाले आफ्नो १६औँ स्थापना दिवसका अवसरमा जिल्ला रेडक्रस सभापति बाबुलाल तामाङसहित संस्थालाई सम्मान गरेको हो।
सशस्त्र प्रहरीद्वारा रेडक्रसलाई सम्मान

रसुवा, फागुन १२ :  सशस्त्र प्रहरीलाई विभिन्न उद्धारका सामाग्री उपलब्ध गराउने यहाँको रेडक्रस सम्मानित भएको छ।

सशस्त्र प्रहरी बल रसुवा शाखाले आफ्नो १६औँ स्थापना दिवसका अवसरमा जिल्ला रेडक्रस सभापति बाबुलाल तामाङसहित संस्थालाई सम्मान गरेको हो।

Hardik ivf

यसैगरी प्रहरीको सुरक्षामा सहयोग उपलब्ध गराउने धुञ्चे निवासी युवा समाजसेवीद्वय छेसिङ्गी तामाङ र सञ्जिव डिएमलाई समेत सम्मान गरिएको थियो। 

यहाँको धार्मिक, ऐतिहासिक, पर्यटकीय एवं उत्तरी नाकाको सुरक्षा गर्ने उद्देश्यले विसं २०६३ फागुन ११ गतेदेखि अस्थायी सशस्त्र प्रहरी सुरक्षा पोष्ट स्थापना भएकामा हाल २० नं गुल्मका रूपमा विस्तार भएको छ।

मकवानपुरस्थित सशस्त्र प्रहरीबल नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालयका सहायक बाहिनीपति माधवप्रसाद पौडेलले सशस्त्र प्रहरीलाई अनुशासित हुदै सीमा क्षेत्रको सुरक्षाका लागि अघिबढ्न निर्देशन दिए।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गर्दै सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी सशक्तरूपले लागिरहेको बताए।

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्