एमाले काठमाडौंका नेता चौलागाईं साँखुमा मृत भेटिए
उनी काठमाडौंको साँखुस्थित सलम्बुटारको जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
काठमाडौं, फागुन १२ : नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत भेटिएका छन्।
उनी काठमाडौंको साँखुस्थित सलम्बुटारको जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
अहिले घटनास्थल मुचुल्काको काम भइरहेको जनाइएको छ। मुचुल्का उठाउने काम भएपछि अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ।
उनी २०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा एमालेका तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदका उम्मेदार रहेको जनाइएको छ।
प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार