हात्तीको आक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।
काठमाडौं, फागुन १२ : मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।
गएराति ९ बजे घर नजिकै हात्तीको आक्रमणमा परेका माझीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित मिति: ०९:०५ बजे, शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
