Kathmandu Press

प्रदेश १ मा मेघगर्जन सहित वर्षाको सम्भावना

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ ।
प्रदेश १ मा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं, फागुन १२ : प्रदेश नं १ मा आज मेघगर्जन, चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार प्रदेश १ का केही क्षेत्रमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ ।

Hardik ivf

अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद्ले बताएका छन् । हिउँदयाम सकिएपछि प्रि–मनसुन सुरु हुन्छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाम सकिन अब पाँच दिनमात्रै बाँकी छ । यसपालिको हिउँदमा खासै वर्षा हुन सकेको छैन । यसले गर्दा सुक्खा बढाएको छ ।

प्रि–मनसुनमा सुक्खा हुने, चट्याङ पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना बढ्ने भएकाले सचेत रहन मौसमविद्को सुझाव छ ।

प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्