आमाको हत्या गरी फरार रहेका घले पक्राउ

चितवन, फागुन ११ : आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनले ७८ वर्षीया आमा मीनाकुमारी घलेलाई मादक पदार्थ सेवन गरी दाउराले टाउकामा प्रहार गरी हत्या गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार आमा–छोराबीच विवाद हुँदा उनले बुधबार राति ९ः२५ बजे दाउराले प्रहार गर्दा आमाको मृत्यु भएको हो । छोरा पुरनलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज दिउँसो घर नजिकैको चौरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।
प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










