Kathmandu Press

राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक : संस्कृति मन्त्री किराती

राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक : संस्कृति मन्त्री किराती

भाेजपुर, फागुन ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन।

नयाँ राष्ट्रपतिका लागि दलहरू बीच सरगर्मी बढिरहँदा मन्त्री किरातीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा नै चयन हुनुपर्ने बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको उल्लेख गरे।

Hardik ivf

उद्योग वाणिज्य सङ्घ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्द्धन र विकास विषयक अन्तक्र्रियामा सहभागी हुँदै मन्त्री किरातीले दलहरूका बीचमा पदको बाँडफाँट भएको र राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक नपर्ने बताए। राष्ट्रिय सहमति कायम गर्न सकिएमा मुलुक पनि सहजरूपमा अगाडि बढ्ने उनको धारणा छ । 

सोही क्रममा उद्योगी व्यवसायीहरूले राखेका मागका विषयमा बोल्दै मन्त्री किरातीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको बताए। 'नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,'  उनले भने, 'अरु देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।'

सो क्रममा उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले विकासको खाका समेटिएको अवधारणापत्र मन्त्री किरातीलाई हस्तान्तरण गरे। मन्त्री भएपछि आफ्नो गृहजिल्ला भोजपुर आएका किराती विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्