Kathmandu Press

उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि सहभागी छन्।
उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान
Hardik ivf

काठमाडौं, फागुन ११ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी-२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन आज अपराह्न भारत प्रस्थान गरेका छन्। सम्मेलन यही फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुँदैछ। 

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्नुहुने जनाइएको छ। उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि सहभागी छन्।    

जी–२० को सदस्य नेपाल नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो। जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन्। उपप्रधानमन्त्री पौडेल यही फागुन १३ गते स्वदेश फर्कने अर्थ मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्