Kathmandu Press

आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै

मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ।
आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडाैं, फागुन ११ : आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदैछ।

मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ।

Hardik ivf

औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए। 

औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ। औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ। हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ। 

शरीरमा हात्तिपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तिपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन। सरकारले औषधि निःशुल्क उपलब्ध गराउनेछ। सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्