Kathmandu Press

प्रदेश १ र गण्डकीमा हल्का वर्षा र हिमपात हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेर बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।
प्रदेश १ र गण्डकीमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं, फागुन ११ : प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा बिहीबार हिमपातको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेर बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।

Hardik ivf

आज दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। यी भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार राति प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्