Kathmandu Press

चितुवा आक्रमणबाट घाइते भएकाहरूकाे उपचारको व्यवस्था गर्न सरकारसँग मधुवन नगरपालिकाको माग 

चितुवा आक्रमणबाट घाइते भएकाहरूकाे उपचारको व्यवस्था गर्न सरकारसँग मधुवन नगरपालिकाको माग 

काठमाडौं, फागुन १० :  मधुवन नगरपालिकाले बर्दियाको मधुवन नगरपालिका  २ मा चितुवाको आक्रमणमा परी घाइते भएका तीन जनाको उपचारको माग गरेको छ । 

नगर प्रमुख तेज बहादुर भाटले आज एक बिज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि जंगली जनावरको आक्रमणबाट यस क्षेत्रमा स्थानीय पीडित भएको र प्रभावित क्षेत्रमा जनताको सुरक्षाको लागि तारबार लगाउन पहल गरेको भएपनि सरकारले त्यसको वेवास्ता गरेको भन्दै चितुवाको आक्रमणबाट घाइते भएकाहरुको उपचारको माग गरेका हुन् । 

Hardik ivf

जंगल किनारका बस्तीहरुमा सडक र सडक बत्तीको लागि आवश्यक बजेट उपलब्ध गराइदिन अनुरोध गर्दै भाटले सुरक्षाको उचित ब्यवस्थापन गर्दिन सरकारसँग पुनः माग गरेका छन्। यस्तै भाटले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।  

मधुवन नगरपालिका वडा नम्वर २ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फूलराम चौधरी, १५ वर्षीय बिनायक चौधरी र ४० वर्षीय धर्म चौधरी घाइते भएका थिए । 

थारुलाई चितुवाले एक्कासी झम्टेपछि उद्धार गर्न पुगेका डिभिजन वन कार्यालय बर्दियाका कर्मचारी धर्मराजसमेत घाइते भएका हुन् ।

प्रकाशित मिति: २०:५४ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्