बाल मन्दिरको जग्गा आफूखुसी भोगचलन गर्नेलाई कारबाही गर्न रास्वपा सांसद सुमनाकाे माग
आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाल मन्दिरको जग्गालाई कौडीको भाउमा बहालमा लगाउनेहरु कहलिएका व्यक्तित्व र व्यवसायी घरानाहरु भएको आरोप लगाइन्।
काठमाडौं, फागुन १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपाल बाल मन्दिरको जग्गा आफूखुसी भोगचलन गरेको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्।
आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाल मन्दिरको जग्गालाई कौडीको भाउमा बहालमा लगाउनेहरु कहलिएका व्यक्तित्व र व्यवसायी घरानाहरु भएको आरोप लगाइन्।
‘बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएकोलगायत विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्छ,’ उनले भनिन्।
उनले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चलअचल सम्पत्ति दूरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानुनी कारबाही गर्न आयोगले सुझाएको उल्लेख गर्दै उनले सो प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाइ गर्न नहुनेमाजोड दिइन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










