Kathmandu Press

कागेश्वरी धाममा महायज्ञ गरिँदै

यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं विराट धार्मिक पर्यटन महोत्सव आयोजना गरिने कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिले जनाएको छ। 
कागेश्वरी धाममा महायज्ञ गरिँदै

काठमाडौं, फागुन १० : काठमाडौंको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ। यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं विराट धार्मिक पर्यटन महोत्सव आयोजना गरिने कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिले जनाएको छ। 

आराध्यदेव पशुपतिनाथ मन्दिरबाट १३ किमी दूरीमा रहेको यो पर्यटकीयस्थल प्राकृतिक रुपमा पनि आकर्षक छ। कागेश्वरी महादेव मन्दिर रहेको यो क्षेत्र चौँसठ्ठी शिवलिङ्गमध्येको एक हो। सत्ययुगमा भगवान् शिवले तपस्या गरेको यस क्षेत्रको प्रचारप्रसारका लागि महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मणिराम अर्यालले राससलाई जानकारी दिए। शिवजी तपस्या गर्न आउँदा कागेश्वरी नदीलाई बोलाएको पौराणिक मान्यता छ। 

Hardik ivf

कागेश्वरी गङ्गा नदीकै अर्को रुप भएको विश्वाससमेत गरिन्छ। नेमुनिलेसमेत तपस्या गर्नुभएको यो क्षेत्र ऋषिमुनिहरुको योग र तपस्यास्थलका रुपमा पनि प्रसिद्ध छ। व्योमगङ्गा भनिने यो नदीलाई स्कन्द पुराणमा गङ्गा, जमुना र भागिरथीजत्तिकै पवित्र मानिएको छ। साउन शुक्ल पूर्णिमामा मनाइने श्रावणी मेला, भाद्र शुक्ल अष्टमीमा मनाइने कागेअष्टमी मेला लगायतका दिनमा यहाँ लाखौँ भक्तजन आएर स्नान गर्छन्। 
 
महायज्ञ एवं धार्मिक पर्यटन महोत्सवमा विभिन्न कलाकारले भजन एवं भक्ति सङ्गीतको प्रस्तुति गर्ने कार्यक्रम पनि रहेको छ। स्थानीयस्तरका विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने महायज्ञको अन्तिम दिन लाख बत्ती बाल्ने कार्यक्रम पनि रहेको आयोजक समितिले जनाएको छ।

विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य वासुदेव घिमिरेले कथावाचन गर्ने महायज्ञबाट बचेको यज्ञशेषले कागेश्वरी धामको विस्तृत परियोजना प्रस्ताव निर्माण गरिने समितिका सचिव पुष्कर प्याकुरेलले बताए।

प्रकाशित मिति: १३:४० बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्