Kathmandu Press

राष्ट्रपति भण्डारी बागलुङमा

राष्ट्रपति भण्डारी बागलुङमा

बागलुङ, फागुन १० : राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन् । 

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे। 

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ । 

प्रकाशित मिति: ११:२५ बजे, बुधबार, फागुन १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्