Kathmandu Press

डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

काठमाडाैं, फागुन ९ : तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन।

बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्र्ड प्रदान गरेकाे प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिए। उनका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गरेका हुन।

Hardik ivf

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्र्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्र्ड दिने घोषणा गरेको थियो । 

उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट 
भएका हुन। बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । 

डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन। उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन।

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्