Kathmandu Press

औद्योगिक क्षेत्र निर्माणमा सबैको सहयोग आवश्यक : मन्त्री भण्डारी

औद्योगिक क्षेत्र निर्माणमा सबैको सहयोग आवश्यक : मन्त्री भण्डारी

राँझा, फागुन ९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन। कोहलपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री भण्डारीले राजनीतिक खिचातानीका कारण देशमा औद्योगिक क्षेत्रको विकास हुन नसकेको बताए। 

उनले औद्योगिक क्षेत्र निर्माण कार्य हुन नसक्दा वार्षिकरुपमा विकास बजेट फिर्ता हुने समस्याप्रति चिन्ता व्यक्त गर्दै नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्य सम्पन्न गर्नसके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दुका रुपमा स्थापना हुने विश्वास व्यक्त गरे।

Hardik ivf

उद्योग व्यवसायको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हासिल हुने भएकाले स्थानीयस्तरमा देखिएका समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको समन्वय आवश्यक रहेको मन्त्री भण्डारीले उल्लेख गरे।

उनले अहिले मुलुकमा ठूला व्यापारीका कारण आर्थिक सङ्कट देखा परेको टिप्पणी गर्दै उद्योगी र व्यापारीलाई चर्को शुल्क लिने नेपाल सरकार मातहत रहेका बैंक नभएको दाबी गरे। उनले सबै निजी बैंक तथा वित्तीय संस्थाका सञ्चालक नै उद्योगी रहेको उल्लेख गर्दै निजी बैंकको घेराबन्दीका कारण साना तथा मध्यम व्यापारीलाई थप समस्या देखा परेको बताए।
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेल, उद्योगी डोलनाथ खनाल, यातायात व्यवसायी मनप्रसाद आचार्यलगायतले विद्यमान उद्योगी व्यवसायीका समस्या मन्त्री भण्डारीलाई जानकारी गराएका थिए।

प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्