Kathmandu Press

राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो

राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो

काठमाडौं, फागुन ९ : नेपालको प्रजातान्त्रिक आन्दोलनमा कृष्णप्रसाद भट्टराई (किसुनजी) ले पु¥याएको योगदान अविस्मरणीय रहेकामा प्रबुद्ध व्यक्तित्वले जोड दिएका छन् ।

स्व कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठी एवम् सम्मान कार्यक्रममा स्वामी आनन्द अरुण र संस्कृतिविद डा जगमान गुरुङले किसुनजीको व्यक्तित्व सरल, सादगी र निष्ठायुक्त रहेको चर्चा गरे। 

Hardik ivf

वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो रहेको औंल्याए। कार्यक्रममा वाग्मती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्यले किसुनजीले सदाचारी राजनीतिज्ञको परिचय बनाएको बताए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले किसुनजीको स्मरण गर्दै पार्टी सभापतिजस्तो पदमा हुँदासमेत उनले दुईवटा खल्तीको प्रयोग गरी व्यक्तिगत कामका लागि आफ्नै खर्च र पार्टीको कामका निम्ति मात्र पार्टीको कोष खर्च गर्ने गरेको घटना स्मरण गरे।
  
कार्यक्रममा जिउँदो सहिदका रूपमा मुकेश कायस्थको परिवारलाई सम्मान गरिएको थियो । सहिदका रूपमा भीमबहादुर तामाङको परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो । 

प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्