चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

चितवन, फागुन ९ : पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो । बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन रहेको उहाँले जानकारी दिए ।
प्रकाशित मिति: १०:५२ बजे, मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(32)-1764944804.jpeg)