Kathmandu Press

देशका उच्च र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल प्रदेश १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको हो ।
देशका उच्च र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, फागुन ९ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

हाल प्रदेश १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको हो । आज (मंगलबार) दिउँसो प्रदेश १ का पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

Hardik ivf

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। सामान्यतया प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

मंगलबार राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:२४ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्