Kathmandu Press

घुन्साबाट निःशुल्क आँखा शिविर अभियान सुरु

शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङ्गोला स्वास्थ्य चौकी, १३ गते हान्द्रुङ टार, १४ र १५ गते छिरुवा ग्राउण, १६ र १७ गते सिंवा स्वास्थ्य चौकी सिंवा बजार, १९ र २० गते तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
घुन्साबाट निःशुल्क आँखा शिविर अभियान सुरु

ताप्लेजुङ, फागुन ८ : ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँबाट आँखा शिविर सुरु भएको छ। तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र गाउँपालिकाको सहजीकरणमा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको हो। 

गाउँपालिकका दुर्गम गाउँमा नौदिने निःशुल्क आँखा शिविरको अभियान सुरु भएको जनाइएको छ। शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङ्गोला स्वास्थ्य चौकी, १३ गते हान्द्रुङ टार, १४ र १५ गते छिरुवा ग्राउण, १६ र १७ गते सिंवा स्वास्थ्य चौकी सिंवा बजार, १९ र २० गते तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

Hardik ivf

पालिकाका छ स्थानमा सञ्चालन भएको शिविरमा आँखा जाँच गरी सामान्य प्रकृतिका बिरामीको उपचार गरिनेछ। मोतियाविन्दु र जटिल प्रकृतिका समस्या भएका बिरामीको भने पालिकाको केन्द्र तापेथोकमा यही फागुन २० र २१ गते हुने शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए।

उहाँका अनुसार पालिकाको केन्द्र तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा हुने शिविरमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्र रोेग विषेशज्ञ डा सन्दुक रुईतसहितको टोलीले उपचार गर्नेछ।

साथै उक्त गाउँपालिकामा शिविर सञ्चालन हुने भए पनि ताप्लेजुङका अन्य पालिकाका बिरामीलेसमेत अवसरको सदुपयोग गर्न अध्यक्ष लिम्बूले बताए। शिविरमा आउने बिरामीले कुनै पनि शुल्न तिर्नु नपर्ने र बिरामीका लागि पालिकाले खानाको व्यवस्था गरेको छ। 

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्