Kathmandu Press

चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ

चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ

चितवन, फागुन ८ : पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा ३ च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो। 

पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्