Kathmandu Press

डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
Hardik ivf

काठमाडौं, फागुन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा. श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गरेका छन् । डा. श्रेष्ठको आज बिहान उपचारका क्रममा निधन भएको हो । 

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्