Kathmandu Press

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

थाइल्यान्डबाट नेपाल आइपुगेका उनलाई आज (सोमबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।
विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं, फागुन ८ : प्रहरीको केन्द्रीय साइबर ब्युरो (सिआइबी) ले विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पक्राउ गरेको छ।

थाइल्यान्डबाट नेपाल आइपुगेका उनलाई आज (सोमबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।

Hardik ivf

सामाजिक सञ्जालमामार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा रेग्मीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने ब्युरोको भनाइ छ।आचार्यले दिएको उजुरीमा रेग्मीले सामाजिक सञ्जालमामार्फत विभिन्न कलाकारविरूद्ध अश्लील गाली गर्ने, अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ।

उनीविरुद्ध उजुरी दिनेमा गायक प्रमोद खरेल पनि रहेको जनाइएको छ।  ‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चुलिएको थियो।

रेग्मीले खरेलविरुद्ध प्रतिलिपि अधिकारको कार्यालयमा करोड क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए भने प्रमोदले पनि कानुनी प्रक्रियामार्फत उपचार खोज्ने बताएका थिए।

प्रकाशित मिति: १३:१० बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्