Kathmandu Press

डा. श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

उनले टि्वट गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन्।
डा. श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, फागुन ८ : एमाले अध्यक्ष केपी ओलीले वामपन्थी बुद्धिजीवी प्रा.डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले टि्वट गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन्।

‘मानवअधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा. मथुराप्रसाद श्रेष्ठको निधनको खबरले अत्यन्त दुःखी छु,’ उनले लेखेका छन्, ‘केही दिनअघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनमा गहिरो समवेदना!'

लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा डा. श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो। 

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, फागुन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्