Kathmandu Press

अन्धोपनामुक्त नगरका लागि पुतलीबजारको सक्रियता, निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न 

पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती संघको संयुक्त पहलमा आयोजित निशुल्क आँखा शिविरमा मोतियाबिन्दु देखिएका मध्ये एक सय वढीको शल्यक्रिया गर्दै शिविर सकिएको हो । 
अन्धोपनामुक्त नगरका लागि पुतलीबजारको सक्रियता, निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न 

स्याङ्जा, मंसिर ८ : स्याङ्जाको पुतलीबजार नगरपालिकामा तीन दिने बृहत निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती संघको संयुक्त पहलमा आयोजित निशुल्क आँखा शिविरमा मोतियाबिन्दु देखिएका मध्ये एक सय वढीको शल्यक्रिया गर्दै शिविर सकिएको हो । 

मोतियाबिन्दुबाट हुने अन्धोपना मुक्त नगरपालिका अभियान–२०७९ अन्तर्गत पुतलीबजार नगरपालिकाले देशभरमै पहिलोपटक तीन दिने बृहत् निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा स्वास्थ्य शिविर शुरु गरेको थियो ।  

यसअघि नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल लगायतका संस्थाहरुको सहयोगमा करिब दुई हप्तासम्म सञ्चालन गरेको निः शुल्क आँखा शिविरमा करिब ३ हजार ९२८ जनाको आँखा परिक्षण गरिएको थियो । ती मध्ये मोतिबिन्दु देखिएकाहरुको शल्यक्रिया गर्नका लागि थप तीन दिने शिविरको आयोजना गरेको थियो । 

शिविरमा करिब ९ सय जनालाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो।

प्रकाशित मिति: ०७:२२ बजे, सोमबार, फागुन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्