Kathmandu Press

राष्ट्रपतिका विषयमा सहमति भएको छैन : उपाध्यक्ष सापकोटा

राष्ट्रपतिका विषयमा सहमति भएको छैन : उपाध्यक्ष सापकोटा
Hardik ivf

सिन्धुली, फागुन ७ : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन।
 
प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति विना राष्ट्रपति चयन हुन नसक्ने बताए ।
 
राष्ट्रपति कुन दल वा व्यक्तिलाई हो भनी हालसम्म कहीँ कसैसँग सहमति नभएको र राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको जानकारी दिए । परिस्थिति जटिल, पेचिलो बन्दै गएको र सहमतिबाटै राष्ट्रपति चयन गर्न अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेकाले सहमतिबाटै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरे । उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा केही निष्कर्ष निक्लनेमा उनले विश्वास व्यक्त गरे ।
 
विगतका अनुभवबाट शिक्षा लिएर सर्वमान्य व्यक्ति, गणतन्त्रको रक्षा, संविधानको रक्षा गर्ने, परिवर्तनका निम्ति प्रतिबद्ध व्यक्ति नै अबको राष्ट्रपति हुने बताए।

प्रकाशित मिति: २०:५२ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्