कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ

धनगढी, फागुन ७ : कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ गरेकाे हाे।
विकले चलाएको से.५प ८०३१ नम्बरको मोटरसाईकल पछाडि सवार खत्रीको झोलाबाट ७ फिट १० ईन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र वन्यजन्तुका दुई किलो ९५० ग्राम विभिन्न हड्डी फेला परेकाे थियाे।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १८:२१ बजे, आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










