Kathmandu Press

१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुने

१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं, फागुन ७ : १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ  ।  

नेपाल एथलेटिक्स एसोसियसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २३ गते बिहीबार एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुने जानकारी दिएको हो । प्रतियोगिता एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा आयोजना हुने आयोजकले जनाएको छ ।  

Hardik ivf

प्रतियोगितामा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन् । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष  र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने एथलेटिक्स एसोसियसनका अध्यक्ष राजीव बिक्रम शाहले जानकारी दिए। ..

यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो । यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो । यस प्रतियोगितामा नेपालबाट सहभागीता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिने एथलेटिक्स एसोसियसनले जनाएको छ । प्रतियोगीताको अनुमानित बजेट करिव ३ करोड ६५ लाख ५५ हजार पाँच सय रुपैया रहेको एसोसियसनले जनाएको छ । 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्