समुन्नत राष्ट्र निर्माण अहिलेको प्राथमिकता : प्रदेश प्रमुख शर्मा
हेटौंडा, फागुन ७ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि सबैलाई राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापनापश्चात् देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनमा सङ्घर्ष, त्याग तथा बलिदान गर्ने सहिदहरूप्रति उच्च सम्मान अर्पण गरेका छन्।
उनले सन्देशमार्फत आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबवोध गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहन प्रण गर्ने दिनका रूपमा सम्झन सबैलाई अनुरोध गरेका छन् ।
प्रकाशित मिति: १०:३७ बजे, आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१