प्रदेश एक र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना
आज दिउँसो प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश एकको हिमाली क्षेत्रमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।
काठमाडौं, फागुन ७ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश एकको हिमाली क्षेत्रमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।
प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक(दुई स्थानमा बिहानी पख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)