Kathmandu Press

कटारी बजारको आगलागी नियन्त्रणमा

जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज विहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो।
कटारी बजारको आगलागी नियन्त्रणमा

उदयपुर, फागुन ६ : उदयपुरको कटारी बजारको मुख्य भागमा रहेको होटलमा भएको आगलागी नियन्त्रणमा आएको छ।

जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज विहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो।

Hardik ivf

कमल साहले सञ्चालन गरेको होटलमा भएको आगलागीबाट रू पाँच लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताए।

'होटलको काउन्टरबाट सुरु भएको आगलागीका कारण फ्रिज लगायतका सामग्री जलेका छन्', उनले भने।

कटारी नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए। 'तत्काल नियन्त्रणमा ल्याउन सकेकाले ठूलो क्षति हुनबाट जोगियो,' कार्कीले भने।

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्