महाशिवरात्रिका अवसरमा रथयात्रा
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको रथयात्रा कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–मित्रपार्क–जयवागेश्वरी–गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर सम्पन्न गरिएको हो।
काठमाडाैं, फागुन ६ : महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गरेको छ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको रथयात्रा कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–मित्रपार्क–जयवागेश्वरी–गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर सम्पन्न गरिएको हो।
ट्रस्टले विसं २०६६ देखि सनातन धर्म, संस्कृतिको रक्षाका लागि राजधानीमा रथयात्रा आयोजना गर्दै आएको छ।
यस वर्ष १४औँ रथयात्रा गरिएको ट्रस्टका अध्यक्ष शङ्कर पौडेलले राससलाई जानकारी दिनुभयो। रथयात्रामा एक दर्जन बढी संस्थाको सहभागिता थियो।
शिव, पार्वतीको रथसँगै शङ्ख, घण्ट ध्वनिका साथ रथयात्रा गरिएको हो। रथयात्राबाट सनातन धर्म, संस्कृतिका क्षेत्रमा भइरहेको चौतर्फी आक्रमण रोक्न सकिने विश्वास ट्रस्टको छ।
प्रकाशित मिति: १२:३८ बजे, शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)