Kathmandu Press

पशुपतिमा शिवरात्रिको चहलपहल (फोटो फिचर)

महाशिवरात्रिका लागि पशुपति मन्दिरमा भक्तजन लगायत साधुबाबाहरुको आगमन र चहलपहल बढेको छ।
पशुपतिमा शिवरात्रिको चहलपहल (फोटो फिचर)

काठमाडौं, फागुन ५ : महाशिवरात्रिको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथमा चहलपहल बढेको छ । 

महाशिवरात्रिका लागि भक्तजन लगाएत साधुवाबाहरुको आगमनसंगै पशुपतिनाथमा चहलपहल बढेको हो । शिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथमा कलश यात्रा पनि गरिएको थियो । यसपटक पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । 

21676634988.jpg

Hardik ivf

भक्तजनहरुलाई सहज रुपमा पशुपतिनाथको दर्शन गराउन बिभिन्न स्थानबाट प्रवेश लाइनको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र बिकास कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख बजेट विनियोजन गरेको छ । महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार नै नेपाल आइसकेका छन् । 

11676634988.jpg

पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरेको छ भने फूल र बत्तीले पशुपति क्षेत्रलाई सजाइएको छ ।  दर्शनार्थी मन्दिर प्राङ्गणबाट बाहिर निस्कने स्थान नजिकै मुख्य क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगङ्गामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

51676634989.jpg

महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा रातीदेखिनै दर्शनार्थीहरूको  भिडभाड हुने भएकाले  आवश्यकता अनुसार सवारी  साधनलाई  डाईभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ । 

41676634989.jpg

31676634989.jpg

81676634990.jpg

71676634990.jpg

61676634990.jpg

101676634991.jpg

91676634991.jpg

131676634992.jpg

121676634992.jpg

111676634992.jpg

161676634993.jpg

151676634993.jpg

141676634993.jpg

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्