बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै प्रदर्शन
बैंकिङ व्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौं, फागुन ५ : नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघसंस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।
बैंकिङ व्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।
बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थका कारण व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरुको गुनासो छ।
उनीहरुले सहुलियत कर्जाको सिमा बढाउ, बैकिङ आतंक बन्द गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको व्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ व्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताए। उनले आफुहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए।
उहाले बैंकहरुले सोझा दमन गरेको र अन्याय हुदा पनि सरकार मौन बसेको गुनासो गर्नुभयो। आफ्ना मागहरुका बिषयमा अर्थमन्त्रीलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको व्यवसायीहरुले जनाएका छन्।